आपतकालीन अवतरण गर्दैगर्दा जहाजमा आगलागी, ४१ जनाको मृत्यु

admin

मस्कोको विमानस्थलमा एक रुसी जहाजले आपतकालीन अवतरण गरे लगत्तै आगो लाग्दा कम्तिमा ४१ जनाको ज्यान गएको छ । मस्कोको शिरिमिट्याभा विमानस्थलमा आपतकालीन अवतरण गरेको हो ।

अवतरण लगत्तै विमानमा आगो लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । जल्दै गरेको विमानबाट निस्कनका लागि यात्रुले आपतकालीन द्वारको प्रयोग गरेको सामाजिक सञ्जालमा पोस्ट भएका भिडियोमा देखिएको छ । रुसी सञ्चारमाध्यमका अनुसार ज्यान गुमाउनेमा दुई बालबालिका र चालक दलका सदस्यहरु पनि रहेका छन् । जेट विमानमा ७८ यात्रु र चालक दलका पाँच सदस्य थिए ।

उद्धार गरिएका ६ जनालाई स्थानीय अस्पतालमा लगिएको र तीनजनाको अवस्था गम्भीर रहेको रुसको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ । ज्यान गुमाउनेको संख्या बढ्न सक्ने जनाइएको छ । रुसको राष्ट्रिय ध्वजाबहाक एरोफ्लोतको विमानमा आगलागी भएको हो । विमानमा प्राविधिक समस्या देखिएपछि उडान भरेको केही समयपछि नै विमानस्थलमा आपतकालीन अवतरणका लागि फिर्ता गरिएको थियो । तर विस्तृत विवरण भने खुलाइएको छैन ।

प्रतिक्रिया