बलिउड सुपरस्टार अमिताभ बच्चन विरामी

रिता घिसिंग

एजेन्सी : बलिउड अभिनेता अमिताभ बच्चन विरामी भएका छन् । अमिताभ बच्चन आफैले ट्वीटरमा आफ्नो स्वास्थ्य ठिक नभएको जानकारी दिएका छन् । उनी हरेक आइतबार प्रशंसकसँग भेट्ने गर्थे तर, यो आइतबार भने उनले कसैले भेटेनन् । अमिताभले स्वास्थ्य समस्यका कारण यो आइतबार कसैलाई नभेटेको बताएका छन् ।

७६ वर्षीय अमिताभ बच्चन पछिल्ला ३६ वर्षदेखि मुम्बईको जुहूस्थित आफ्नो घरमा प्रशंसकहरुसँग भेट्ने गर्थे । उनको यस्तो भेटघाट कार्यक्रमलाई सन्डे दर्शन भनिन्छ । यो कार्यक्रममा ठूलो संख्यामा मानिसहरु अमिभातलाई भेट्ने गर्छन् ।

अमिताभले ट्वीटरमा लेखेका छन्, ‘आज सन्डे दर्शन गर्न सक्ने छैन । हजुरहरु सबैलाई सूचित गर्छु स्वास्थ्यमा समस्या छ । चिन्ताको कुनै कुरा छैन । बाहिर आउनमात्र नसक्ने भएको छु ।’ अमिताभ बच्चन हाल फिल्म ब्रह्मास्त्र र तेरा यार हुँमा काम गरिरहेका छ । उनी यो उमेरमा पनि सक्रिय रुपमा काम गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू