११ बर्षमा आमा बनेकी भावना अहिले काठमाडौँमा (भिडियोसहित)

रिता घिसिंग

पिएनपिखबर : ११ बर्षमै आमा बनेकी भावना बस्नेत र २ महिने शिशु पुर्णिमालाई काठमाडौँकी सुष्मा कार्कीले यहाँ ल्याएकी छिन। अबिबाहित कार्कीले ११ बर्षिय सुत्केरी महिला र उनका श्रीमानको दयनीय अवस्था देखेर आमा र शिशुको स्याहारसुसार गर्नुका साथै पढाईदिने जिम्मा पनि लिएकी छिन।

उनि एक ब्यबसायी हुन्। उनले काठमाडौँमा पोल्ट्री सप्लायर्स र कुखरा पालन गर्ने गर्छिन। भावनालाई पढेर स्टाफ नर्स बन्न मन छ भने उनका श्रीमान भने सुष्माकै पोल्ट्री फार्ममा काम गर्ने नन्दबहादुर रावतले बताए। २ महिने शिशु सुष्माको काखमा खेलिरहेकी छिन।

बर्दियाको गेरुवा गाउँपालिका- ४ की भावना बस्नेत १२ वर्ष नपुग्दै सुत्केरी भएकी हुन्। २०६३ चैत्र १३ गते जन्मिएकी बस्नेतले २०७५ फागुन ७ गते माइतीकै छाप्रोमा छोरी पूर्णिमालाई जन्म दिएकी हुन्। आमा बन्दा उनको उमेर ११ वर्ष १० महिना २४ दिन मात्रै भएको थियो। गाउँकै सरस्वती आधारभुत विद्यालयको कक्षा ७ मा पढ्दै गरेका १४ वर्षीय नन्दबहादुर रावतसँग विवाह गरेकी भावना अब दुइ छाक टार्नको लागि मेलापात धाउनु पर्दैन।

बाकी हेर्नुहोस भिडियोमा :

प्रतिक्रिया