पिएनपिखबर : सरिता हत्या प्रकरणमा कतै आर्थिक चलखेल त भएको छैन भन्दै महिला अधिकारकर्मीहरु धुलिखेल प्रहरी चौकीमा पुगेका छन्। काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ बस्ने २५ वर्षीया सरिता दाहाल (दुलाल)को हत्यामा संलग्न रहेका आरोपीहरुलाई आजीवन जेल सजायको माग सरिताको माइती पक्षको गरेको छ।
सरिताको मृत्यु भएको १० दिनपछि प्रहरी अनुसन्धान कहाँ पुग्यो भनि सोधपुछका लागि महिला अधिकारकर्मीहरु धुलिखेल प्रहरी चौकी आएका हुन्। अहिले प्रहरीले आरोपीहरु श्रीमानसहित ५ जनालाई पक्राउ गरिसकेको छ। कानुन बमोजिम नै अनुसन्धान गरिरहेको प्रहरीले बताए।
प्रहरीले अनुसन्धानबारे सबै खुलेर बताउन नमिल्ने भन्दै नखुलाएको महिला अधिकारकर्मीहरु बताउछन। आरोपी पक्षले आर्थिक चलखेल गरि यस घटनालाई सुल्झाउन खोजिएको केहि हल्ला सुनेका कारण महिला अधिकारकर्मीहरु प्रहरी समक्ष सत्य तथ्य कुरा बुझ्न प्रहरी चौकीसम्म आएको जनाएको छ। यदि आरोपी ५ जनालाई निष्पक्ष रुपमा कारबाही नगरेमा प्रहरी चौकी घेराउ गरि अदालतसम्म पुग्ने महिला अधिकारकर्मीहरुले चेतावनी दिएका छन।
गत शुक्रबारको दिन प्रहरीले उनकै कोठामा मृतअवस्थामा फेला पारेको हो । बेलुका सुतेकी सरिता बिहान हेर्दा मृत अबस्थामा भेटीएकी थिइन। मृतावस्थामा फेला पारेपछि घरपरिवारका सदस्यलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । प्रहरीको अनुसार, मृतकको घाँटीमा सानो डोरीको डाम बसेको, उत्तानो अवस्थामा फेला परेकी हुन् ।
हेर्नुहोस भिडियो :