शाहरुख खान र कट्रिना कैफ फेरी एकसाथ देखिदै

रिता घिसिंग

एजेन्सी : अमिताभ बच्चनको चर्चित पुरानो फिल्म सत्ते पे सत्ताको रिमेक बनाउने तयारी भएको छ । सत्ते पे सत्ताको रिमेकमा शाहरुख खान र कट्रिना कैफको जोडीले अभिनय गर्ने भएको छ । यस फिल्मलाई फराह खान र रोहित शेठीले रिमेक गर्ने तयारी गरेका हुन् ।

शाहरुख र कट्रिनाले यस अघि जब तक है जान र जिरोमा अभिनय गरेका थिए । शाहरुख र कट्रिनाका अलावा यस फिल्ममा संजय दत्तले समेत अभिनय गर्ने भएको बताइएको छ । यस फिल्ममा सात भाईको आपसी सम्बन्धको कथा हुने छ । रिमेकमा सिद्धार्थ मलहोत्रा, कुनाल खेमु, तुषार कपुर र श्रेयस तलपडे लगायतका कलाकारले अभिनय गर्ने सम्भावना रहेको बताइएको छ ।

सत्ते पे सत्ता यस अघि मराठी भाषामा पनि बनिसकेको छ । यस फिल्ममा अमिताभ बच्चन, हेमा मालिनी, अमजद खानलगायतका कलाकारले अभिनय गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू