“काठमाडौ औद्योगिक, ब्यापारिक, पर्यटन तथा बृहत साँस्कृतिक महोत्सव २०७६” भब्य रुपमा सम्पन्न

पूजा बानियाँ

काठमाडौँ: “हाम्रो भाषा, हाम्रो धर्म, हाम्रो आफ्नै पहिचान, हाम्रो संस्कृति जर्गेना गर्ने नेपाल राष्ट्रिय तामाङ घेदुङको महाअभियान” भन्ने मुल नाराका साथ नेपाल राष्ट्रिय तामाङ घेदुङले “काठमाडौ औद्योगिक, ब्यापारिक, पर्यटन तथा बृहत साँस्कृतिक महोत्सव – २०७६” आयोजना गरेको १० दिने महोत्सव भब्य रुपमा सम्पन्न भएको छ ।

नेपाल मेला महोत्सव संघको ब्यबस्थापनमा बैशाख १३ गते देखि २२ गते सम्म काठमाडौंको चुच्चेपाटी स्थित हायत होटेलको ग्राउण्डमा आयोजना भएको महोत्सवको उप–प्रधान तथा रक्षा मन्त्री ईश्वर पोख्रेलद्धारा उदघाटन गर्नुभएको थियो ।

विगत लामो समय देखि सामाजिक रुपमा तामाङ समुदायलाई सचेतना जगाउदै आएको नेपाल राष्ट्रिय तामाङ घेदुङले आफ्नो समुदायलाई व्यावसायिक रुपमा सशक्त र आर्थिक रुपमा सम्मृद्ध बनाउने उद्देश्यका साथ आयोजना गरिएको उक्त मेलामा तामाङ समुदायको मौलिक खाना, भेषभुषा सर्कस, भुत घर, मौतको कुवा, फन पार्क र पुस्तकहरुको पनि विशेष प्रदर्शनी राखेको थियो। साथै महोत्सवमा कृषि तथा हस्तकला प्रदर्शनी, विभिन्न ब्राण्डको मोबाईल तथा इलेक्ट्रोनिक्स सामानहरुको प्रर्दशनी, एशियाकै उत्कृष्ट वाल उद्यान प्रदर्शनी, मरुभूमिमा मात्रै पाइने उँटको नेपाली गितमा आकर्षक डान्स, हर्स राइडिङ, बच्चाहरुको खेलौना प्रर्दशनी, साँस्कृतिक / व्यापार तथा पर्यटकीय प्रदर्शनी, राष्ट्रिय कलाकारहरुको बेजोड संङ्गितिक प्रस्तुतीका साथै चर्चित हास्य कलाकारहरुको हास्य प्रस्तुती सहित हरेक दिन विहान १० वजे देखि राती ८ वजे सम्म सञ्चालन गराएका थिए ।

महोत्सवमा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरु हरि कर्माचार्य, रोज मोक्तान, यश कुमार, प्रकाश सपूत, दुर्गेस थापा, रबि रिमाल, कमल खत्री, निर्मला घिसिङ, शुक्र लामा दोङ, रितु कडेल, सरु गौतम, मिङ्स लामा, जगत लामा घिसिङ, अबिसेक तामाङ, अनिश योन्जन, बसन्ती लामा , प्रताप दास, प्रयास दोङ, फुलकुमार बम्जन, बिश्व नेपाली, टम्पेश्वर राई, गणेश राई, चलचित्र वीर बिक्रम 2 को नायक पल शाहको टोलि, लगायत साथमा नेपोली “क्रु” इटहरीले दैनिक प्रस्तुतीसहित भरपुर मनोरञ्जन दिलाएको थियो।

१४ गतेको शनिबार सर्बसाधारणलाई फ्री ईन्ट्री दिएको आयोजकले १० दिने महोत्सवमा ५ लाख जनाले मेला अवलोकन गर्ने लक्ष्य राखेकोमा त्योभन्द बढी सङ्ख्याको चहलपहल रहेको अनुमान गर्न सकिन्छ। टिकट दर सधारण रु. ५०/- र विद्यार्थीलाई रु. ३०/- तोकिएको थियो।

यस महोत्सवबाट उठेको आर्थिक रकम नेपाल राष्ट्रिय तामाङ घेदुङ्द्वारा चपाली हाइटमा निर्माणधिन “तामाङ साँस्कृतिक भवन” लाई पुर्णता दिन खर्चिने राष्ट्रिय घेदुङका महा-सचिब प्रबिन बल तामाङले जनकारी दिनुभएको छ। उक्त महोत्सवको सन्चालन अफिसियल होस्ट कर्म लामा साथमा तारा ब्लोन, डोमा तामाङ, निराज लुङ्बा, प्रभत लामा र टम्पेश्वर राईले गर्नुभएको थियो।

प्रतिक्रिया