बिहे अगावै गर्भवती भएकी नायिकाले गरिन् इंगेजमेन्ट

रिता घिसिंग

एजेन्सी : बलिउड नायिका एमी ज्याकसनले आफ्ना प्रेमी जर्ज पानायिटूसँग लण्डनमा इन्गेजमेन्ट गरेकी छिन् । इन्गेजमेन्टको तस्बिर सोसल मिडियामा सेयर गरिएको छ । यो जोडीले इन्गेजमेन्टपछि चाँडै नै विवाह पनि गर्ने खबर आइरहेको छ । एमी अन्तिम पटक फिल्म २.० मा रजनीकान्त र अक्षय कुमारसँग देखिएकी थिइन् ।

केही दिन अघि नायिकाले एक म्यागजिनसँगको अन्तरवार्तामा बच्चालाई यति चाँडै जन्माउने कुनै पूर्वयोजना नभएको बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘हामीले बच्चाको योजना बनाएका थिएनौं । हामी यस्तो अवस्थामा छौं जहाँ सबै कुराका लागि तयार हुन्छौं । मलाई लाग्दैन कि कसैले यसको लागि योजना बनाउन सक्छ तर हामी सही स्थानमा छौं ।’

उनले थपिन्, ‘हामी दुबै निकै खुसी छौं, हामीसँग राम्रो घर छ र आमा–बुवा बन्न लागेकोमा निकै उत्साहित छौं ।’

प्रतिक्रिया

सम्बन्धित समाचारहरू