त्रिभुवन विमानस्थलबाट सुनसहित मगर पक्राउ

admin

काठमाडौँ, २४ वैशाख: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रु १० लाख मूल्य बढीको सुनका बालासहित एक पक्राउ परेका छन् । विमानस्थलको अन्तर्राष्ट्रिय आगमनको पार्किङ क्षेत्रमा मोरङ पथरी शनिश्चरे नगरपालिका–२ का बालकुमार मगरलाई करीब रु १० लाख १५ हजार बराबरको सुनका बालासहित आज प्रहरीले पक्राउ गरेको हो ।

उक्त स्थानमा अवैध रुपमा सुन सङ्कलन गरी लैजान लागेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनलाई थप अनुसन्धान एवं कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको छ । रासस

प्रतिक्रिया