लक्ष्मी मृत्यु प्रकरण : श्रीमतीको मृत्यु हुदा पनि श्रीमान रक्सीमा लिप्त भएको भन्दै छिमेकीले घर घेरेपछि (भिडियोसहित)

रिता घिसिंग

पिएनपिखबर : बुटवल उपमहानगरपालिका १४ बिनायकपुरकी २५ वर्षीया लक्ष्मी खत्रीको मृत्युपछि उनका श्रीमान अमृत खत्री रक्सीमा लिप्त भएको भन्दै छिमेकीले घर घेराउ गरेका छन्। स्थानीयले हत्या वा दबाबमा आत्महत्या भएको भन्दै दोषी माथि कडा कारबाहीको माग गरेका छन्।

लक्ष्मी खत्री मृत्युको अघिल्लो बिहान सासुबाट कुटिएर घाइते भएकी थिईन। दाइजो कम ल्याएको भन्दै सासुले कुटपिट गर्दै आए पनि उनले बाहिर नबताएको छिमेकीले बताए।

बिहीबार मात्रै सासुको कुटाईबाट घाइते भएकी लक्ष्मीले स्थानीय मेडिकलमा उपचार गराएकी थिइन्। उनको आँखामा निलडाम रहेको छिमेकीले बताएका छन्। बिहीबार दिउँसो नै उनले स्थानीय सिर्जनशील आमा समूहका पदाधिकारीलाई भेटेर न्याय दिन माग गर्दै बैठक बस्न आग्रह गरेकी थिइन। अर्घाखाँचीको गोखुङ्गाका माइती पक्षसहित स्थानीय महिला समूहले हत्या वा दबाबमा आत्महत्या भएको भन्दै कारबाहीको माग गरेका छन्।

स्थानीयले सासुकै यातनाका कारण आत्महत्या गर्न बाध्य भएको भन्दै कारबाहीको माग गरेका छन्। प्रहरीले सासुलाई नियन्त्रणमा लिएको छ। लक्ष्मीका ससुरा चन्द्रबहादुर खत्री, नन्द अस्मिता खत्रीको समेत मिलेमतो रहेको उनीहरुको दाबी छ।

मृत्युको अघिल्लो साँझ लक्ष्मीले फेसबुकमा आफ्ना पति अमृत खत्रीलाई ट्याग गर्दै ‘कतिबेला हुन्छ शरीरको हत्या के थाहा’ भन्ने स्टाटस लेखेकी छन्। तर त्यो स्टाटस अहिले डिलिट गरिएको छ। माइती पक्षले नन्द वा श्रीमानले हटाएको हुनसक्ने बताएका छन्।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया