आमाले काम गर्ने घरका मालिकद्वारा ७ वर्षिया बालिका पटक-पटक बलात्कृत (भिडियो)

मनिषा थापा

पिएनपिखबर : ५५ वर्षीय पुरुषद्वारा ७ बर्षिया बालिका बलात्कृत भएकी छिन। पिडित पक्षले प्रहरी कहाँ उजुरी दिएदेखि नै अभियुक्त फरार छन्। अरुको घरमा घरेलु काम गर्ने जाँदा मालिकबाट छोरी बलात्कृत भएको उनकी आमा बताउछिन।

रामेछापकी बिनिता माझी आफ्नो ७ बर्षकी छोरी र कान्छो छोरासँग काठमाडौं, एयरपोर्ट नजिकको डेरा गरेर बस्दै आएकी छिन् । उनी अर्काको घरमा काम गर्ने गर्छिन भने बाबा जीविका पार्जन गर्नको लागि विदेशमा काम गर्ने गर्छन।

छोरा-छोरी पाल्न, पढाउन घर भाडा तिर्न र दुई छाक टार्न सहयोग होस भनेर बिनिताले अरुको घरमा भाँडा माझ्ने र लुगा धुने काम गर्न थालिन् । ती अबोध बालिकाले संवेदनशिल अङ्ग दुख्यो भनेर आफ्नी आमालाई भनेपछि घटना बाहीरिएको हो।

अहिले उनकी छोरी मान्छे देख्ने बित्तिकै डराउछिन। घटना अघि बोल्ने हासी रहने उनी अहिले भने टोलाई रहने र स्कुल जानसमेत् मान्दिनन्।

छोरीको पढाई छु्टी हुँदा घरमा हेर्दिने कोहि नभएपछि उनले छोरीलाई पनि आफुसंगै काममा लाने गरेकी थिईन् । बिनिताका अनुसार उनले काम गर्ने घर मध्ये एक घर थियो, तिलगंगाका ५० बर्ष माथिका राजु कडेलको ।

उनले नै ७ वर्षिया छोरीलाई पटकपटक बलात्कार गरेको विनिताले बताईन। उनी भन्छिन, ‘म लुगा धुन छतमा जाँदा छोरीमाथि पटक-पटक बलात्कार हुने गरेको रहेछ। थाहाँ पाएपनि कडेल परिवारले उजुरी नदिनु भन्दै धम्काई रहेका थिए। उनले आफुलाई समेत् ३ पटक भाँडा माझ्न आउँदा हातपात गर्न खोज्यो तर सफल भएन।’  बाँकी हेर्नुहोस भिडियोमा….

प्रतिक्रिया

सम्बन्धित समाचारहरू