पुनः विवाह गर्दै आज प्रचण्ड दम्पति

रिता घिसिंग

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार आज पुनः विवाह गर्दैछन्। पत्नी सिता दाहालसँग विवाह गरेको ५० वर्ष पुगेको वर्षगाँठको अवसर पारेर प्रचण्ड दम्पतीले आज विवाह गर्न लागेका हुन् ।

प्रचण्ड पत्नी सीता दाहाल पुत्र प्रकाश दाहालको मृत्युपछि प्रायः अस्वस्थ छिन् । पत्नीको स्वास्थ्य उपचार गर्न देश विदेश पुगेका प्रचण्ड सीताको असामान्य अवस्थाका कारण चिन्तित छन् । पत्नीलाई रिफ्रेस गराउन प्रचण्ड सीतालाई लिएर केहि समय अघिमात्र सिन्धुपाल्चोकको सुकुटे बिच पुगेका थिए ।

प्रचण्डका आफन्त तथा शुभचिन्तकहरुले विवाहको ५०औं वर्षगाँठ मनाउँदा तनावले असामान्य देखिएकी सीताको स्वास्थ्यमा सकारात्मक सुधार आउने सल्लाह दिइएअनुसार प्रचण्डको पुनः विवाह कार्यक्रमको आयोजना गरिएको बताइएको छ । कार्यक्रममा विभिन्न दलका शिर्ष नेताहरुलाई आमन्त्रण गरिएको छ ।

प्रतिक्रिया