मंगलेको ‘गुड वे’ छायांकन सम्पन्न

मनिषा थापा

भक्तपुर : नेपाल आर्मीबाट अबकास प्राप्त राष्ट्रसेवक मंगले तामाङले निर्माण गरेको शैक्षिक चलचित्र ‘गुड वे’को आंशिक दृश्य बाहेक अन्य सम्पुर्ण छायांकन सम्पन्न भएको छ।

रामकृष्ण कंडेलले छायांकन गरेको उक्त फिल्म विद्यालय, विद्यार्थी र अभिभावकलाई लक्षित गरी निर्माण गरिएको हो। नवीन गिरीले निर्देशन रहने उक्त फिल्म लक्ष्मी शिवाकोटी निर्जलाले लेखेकी हुन।

आरिया बस्नेत,अनिता बौजु,मन्जु श्रेष्ठ ,रश्मि भट्ट ,जिबन थापा,बद्री पुडासैनी ,जयाराम बास्तोला,सरोज अधिकारी लगायतको फिल्ममा अभिनय देख्न सकिनेछ। चाँगुनारायण फिल्मस प्रालीको ब्यानरमा निर्माण भएको यस फिल्मका मुख्य सहायक निर्देशन जङ्गे बास्तोला हुन्। घनश्याम एन्टिनाको प्रमुख सल्लाहकार र ब्यबस्थापनमा यो चलचित्र निर्माण भएको निर्माता मंग तामाङले बताए ।

प्रतिक्रिया