विद्युत् पुगेपछि स्थानीयवासी खुशी

रिता घिसिंग

सप्तरी : सप्तरीको अतिविकट मानिएको डाक्नेश्वरी नगरपालिकाको औरही गाउँमा करीब ३०० घरमा बिजुली पुगेको छ ।

डाक्नेश्वरी नगरपालिका–६ औरहीका ३०० घरमा अहिले विद्युत् जडान भएर बिजुली बलेपछि स्थानीयवासी खुशी भएको सोही ठाउँका मिरदुल यादवले बताउनुभयो । सो क्षेत्रमा विद्युत् नभएपछि मोबाइल चार्ज, कुटानी, पिसानी गर्न अन्य ठाउँमा जानुपर्ने बाध्यता रहेको थियो । विद्युत् सञ्चालन नभएका कारण यहाँका अधिकांश व्यक्ति भारतीय गाउँमा गएर मोवाईल चार्ज, कुटानी पिसानी गर्ने गथ्र्यो ।

साबिकको औरही गाविस–१, २, ३ र हाल डाक्नेश्वरी नगरपालिका–६ मा तत्कालीन गाविसले करीब रु पाँच लाख बजेट छुट्याएर पोल गाडेका थिए । अहिले बिजुली सञ्चालन भएपछि भारतीय गाउँमा गएर चार्ज, कुटानी, पिसानी गर्ने परम्परा हटेको सोही ठाउँका नरेश यादवले बताउनुभयो ।

औरहीमा विगत तीन वर्षदेखि विद्युत्को पोल गाडे पनि विद्युत सञ्चालन भएको थिएन । बिजुली सञ्चालन गरेपछि स्थानीयवासी खुशी भएको प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले जानकारी दिनुभयो ।रासस

प्रतिक्रिया