चितवनको टाँडी तनावग्रस्त: एकको मृत्यु, प्रहरीद्वारा अश्रुग्यास फायर

admin

चितवन, २६ वैशाख: बिहीबार साँझ इलाका प्रहरी कार्यालय टाँडीको प्रहरी चौकीमा तनावग्रस्त भएको छ । प्रहरी कार्यालय टाँडीमा एक जनाको मृत्यु भएपछि टाँडी तनावग्रस्त भएको हो । प्रहरीले अश्रुग्यास समेत फायर गरेको छ । मृत्यु हुनेमा पदमपुरका चौधरी थरका व्यक्ति रहेका छन् । चौधरीलाई प्रहरीले २ दिनअघि मात्र झै–झगडा गरेको केसमा समातेको थियो । आफन्तले चौधरीलाई प्रहरीले कुटपिट गरेर मारेको आरोप लगाएका छन् ।

फाइल फोटो

मृतकका आक्रोशित आफन्तहरुले राजमार्ग बन्द गराएर इलाका प्रहरी कार्यालय टाँडीमा ढुंंगामुढा प्रहार गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको हो । आक्रोशित भीडले ढुंगामुढा प्रहार गर्न थालेपछि भीडलाई तितरबितर पार्न प्रहरीले अश्रुग्याँस प्रहार गरेको जनाएको छ । भीडका कारण राजमार्गमा चलने सवारी चापको कारण यात्रुहरु बिचल्लीमा परेका छन् । भीड नियन्त्रणमा आएको छैन् ।

यता इलाका प्रहरी कार्यालय टाँडीका अनुसार कसैको पनि मृत्यु नभएको र आत्महत्या गर्ने कोसिस गरेको बताएको छ । आत्महत्या गर्ने कोसिस गर्ने व्यक्तिको नाम र ठेगाना प्रहरीको अनुसार फरक छ । उनको पुरानो मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार आत्महत्या गर्न खोज्ने कालिका नगरपालिका–१ सुर्यपुर घर भएका समिर घिसिङ रहेका छन् ।

प्रतिक्रिया