‘मिस नेपाल २०१९’ को ताज अनुस्कालाई

admin

काठमाडौँ, वैशाख २७ : सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०१९’ को उपाधि अनुस्का श्रेष्ठले जितेकी छन् । बिहीबार राती कीर्तिपुरस्थित लयब्रोटरी स्कूलको प्राङगणमा भएको फाइनलमा उनले मिस नेपाल २०१९ को ताज पहिरिएकी हुन् । उनलाई मिस नेपाल २०१८ की विजेता श्रृंखला खतिवडाले ताज पहिराएकी हुन् ।

मिस नेपाल युनिभर्सको ताज भने प्रदिप्ता अधिकारीले जितिन । त्यस्तै मिरा कक्षपतिले मिस नेपाल इन्टरनेशनल र रोज लामाले सुपर नेशनलको उपाधि जितेकी छन् ।

कसले कुन विधामा उपाधि जिते
मिस नेपाल वर्ल्ड–अनुष्का श्रेष्ठ
मिस नेपाल यूनिभर्स– प्रदिप्ता अधिकारी
मिस नेपाल अर्थ– रिया बस्नेत
मिस नेपाल इन्टरनेशनल– मिरा कक्षपति
मिस नेपाल सुपर नेशनल- राेज लामा
मिस ट्यालेन्ट– प्रदिप्ता अधिकारी
पपुलर च्वाइस– रिया बस्नेत
मिस फ्यासिनो– अनुश्का श्रेष्ठा
मिस कन्फिडेन्स– निशा पाठक
व्यूटी विध प्रपोज– निकिता कर्माचार्य

प्रतिक्रिया