छिमेकीसंग पारिवारिक रिसइबी साध्न अढाइ बर्षे दुधे बालकको निर्मम हत्या (भिडियोसहित)

रिता घिसिंग

पिएनपिखबर : धनुषाको ढल्केवरमा एक अढाई वर्षीया दुधे बालकको घाँटी रेटी हत्या भएको अवस्थामा शव फेला परेको छ। बैदेशिक रोजगारीमा रहेका सम्भु साहको साढे दुइ वर्षीय छोरा आर्यन साह सोमबार दिउसोदेखि हराइरहेका थिए ।

सोमबार देखि हराइरहेका बालकलाई परिवारका सदस्य र स्थानीय मिलेर खोज्दै जाने क्रममा घाँटी रेटी हत्या गरेको बालकको शव फेला परेका हो । घटनाको प्रकृति हेर्दा कतै काटेर आँप बारीमा फलेको जस्तो देखिन्छ।

साह परिवारमाथि दुई वर्ष पहिले अर्को आपत परेको थियो । साह परिवारका एक महिला सदस्यलाई फकाएर घर देखि टाढा लागि बलात्कारको प्रयास भएको थियो तर, प्रतिवाद मात्र भएन, अपराधीलाई जेप सजाय पनि सुनायो।

तर, त्यही कारण अहिले दुधे बालकको हत्या भएको आशंका गर्छन् परिवारका सदस्यहरु । बलात्कारको प्रयास गर्ने किशोरलाई उमेर नपुगेका कारण २ बर्ष जेल सजाय सुनाएर सुधार केन्द्रमा पठाइएकाले उनकै परिवारले आर्यनको हत्या गरेको हुन सक्ने आशंका गरिएको छ।

‘गाउँमा कसैसँग कुनै रिसइबी छैन’ मृतक बालकका बाजेले भने, ‘त्यही बलात्कारीका पिता र दाइले खुल्लेआम पटक पटक म त संग बदला लिन्छु भन्दै धम्की दिँदै आएका थिए ।’ ‘धम्कि अनुसार नै उनीहरुले मेरो नाति मार्यो’ बाजेले भने, ‘यसबारे हामीले वडा सदस्य सिताराम महतोलाई पनि जानकारी गराएका थियौं ।’

दुई बर्षअघि गाउँकै दिनेश भनिने शिवकुमार महतोका छोरा रञ्जीतले जर्वजस्ती करणीको प्रयास गरेका रहेछन् । अभियोग प्रमाणित भएपनि १५ बर्षको भएका कारण रञ्जितलाई सुधार केन्द्रमा राखिएको छ । त्यही रिसइबीका कारण रञ्जितका पिता दिनेश र दाइ प्रदीपले धम्क्याउँदै आएको बाजेले सुनाए।

केहि महिनादेखि नै शाह परिवारमाथि पटक पटक धम्कि र आक्रमणको प्रयास भैरहेको बालकका बाजेले बताए। हत्यारालाई तत्काल पक्राउ गरी कानूनको कटघरामा ल्याउनु पर्ने स्थानिय र मृतक परिवारले माग गरेका छन्।

प्रहरीले यस घटना सम्बन्धि आरोपीहरुलाइ पक्राउ गरि अनुसन्धान सुरु गरिरहेको छ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू