आखिर किन २१ वर्षीया सुनितालाई ढुंगैढुंगाले हानेर मारियो ? मृतकका आमाबुबाले खुलाए यस्तो रहस्य (भिडियो)

मनिषा थापा

पिएनपिखबर : पछिल्लो समयमा नेपालमा हत्या हिँसाका घटनाहरुले तीव्र रुप लिईरहेको छ। कहिले कन्चनपुरकी निर्मलाको हत्या, कहिले मोरङ्गकी रिनाको रहस्यमय मृत्युको घटना त कहिले बुटवलकी लक्ष्मीको मृत्युको घटना। यसै बीच फेरी अर्को घटना बाहिरिएको छ । कपिलबस्तुको बाणगङ्गा नगरपालिका ८ बालापुरमा २१ बर्षकी सुनिता थारुको पनि ढुंगाले हानेर निर्मम हत्या भएको छ।

गत १६ गतेको दिन सुनिता थारुको हत्या गरेर फालिएको शव घर नजिकैको बाणगङ्गा खोला किनारमा फेला परेको थियो। उक्त हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले मृतक सुनिताका २१ वर्षीय श्रीमान् सुरेश थारूसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो। हत्याको आशङ्कामा पक्राउ परेकामाथि घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ।

पक्राउ परेका सुनिताका श्रीमानका एक साथीले आफुले मात्र सुनिताको हत्या गरेको बयान दिएको मृतकका बुबाले बताए। तर उनका बुबाले भने एक्लै मारेको हुन् नसक्ने र परिवारको संलग्नता रहेको आरोप लगाएका छन्।

मृतककी आमाको अनुसार, घटना घटेको दिन दुई आमाजु र श्रीमान सुनिता कता गइन भन्दै खोज्न आएका थिए। उनीहरुले सँगै नुहाउन जाँदा मोबाइल र पैसासमेत् लिएर सुनिता हराएको भन्दै घटना हुने विहान ३ बज्न लाग्दा आएका थिए। विहानपख साढे ४ बजे खोज्न जाँदा प्रहरी समेत् घटनास्थलमा पुगेको थियो। आफैले राति नुहाउने बहानामा खोला लगी मारेर आफु जोगिन हराएको भन्दै खोज्न आएको सुनिताकी आमा बताउछिन्। उनी भन्छिन, ‘मेरो छोरीलाई ढुंगाले हानेर मारे। मेरो छोरीलाई ढुंगाले हानेर अनुहार नै नचिन्ने अबस्थामा बनाएको थियो। छोरी गर्भमा डेढ महिनाको बच्चासमेत् थियो।’

सुनिता थारु कान कम सून्ने गर्थिन। जसकारण उनी आफ्नो घरबाट अपहेलित भएकी मृतकको आमाले बताईन। सुनिता थारुको भागी विवाह भएको थियो। सुरेश र सुनिता एउटै स्कुलमा पढ्ने गर्थे। ९ कक्षा पढ्दै गरेकी सुनितालाई स्कुलबाटै सुरेशले भगाएर सुनितासंग विवाह गरेका हुन्।

अहिले भने मृतक सुनिताका श्रीमानले परिवारको कुरा सुनेर श्रीमतीमाथि कुटपिट गर्दै आएको मृतककी आमा बताउँछिन्। उनी भन्छिन, ‘बिबाह भएको ६ महिनासम्म राम्रो व्यवहार हुन्थ्यो। ज्वाई त्यसपछि भारत गए। त्यसपछि सासु र आमाजूले अनेक यातना दिन थाले।’ उनले थपिन, ‘घटना हुने केहि दिन अघि सासु र श्रीमानले घाँटी थिचेर हत्या गर्ने प्रयास गरेका थिए। मैले छोटपत्र दिनुहोस छोरीलाईभन्दा कुटेको हैन माया गरेको हो भने ज्वाईले।’ धेरै झगडा पर्ने भएकोले मृत्यु हुनु केहि दिन अघि एउटै घरमा छुट्टाछुट्टै बस्दै आएको सुनिताकी आमाले जनाईन। मृतकका माइती पक्षले सत्यतथ्य पत्तालगाई हत्यारालाई कडाभन्दा कडा सजाय हुनु पर्ने बताएका छन्।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू