बुहारीलाई ढुंगैढुंगाले हानेर मारे, मैले लाश समेत् देख्न पाइन भन्दै सासु मिडियामा (भिडियो)

मनिषा थापा

पिएनपिखबर : कपिलबस्तुको बाणगङ्गा नगरपालिका ८ बालापुरमा २१ बर्षकी सुनिता थारुको ढुंगाले हानी निर्मम हत्या भएको खबर बाहीरिएको छ। गत १६ गतेको दिन सुनिता थारुको हत्या गरेर फालिएको शव घर नजिकैको बाणगङ्गा खोला किनारमा फेला परेको थियो।

उक्त हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले मृतक सुनिताका २१ वर्षीय श्रीमान् सुरेश थारूसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो। हत्याको आशङ्कामा पक्राउ परेकामाथि घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ।

पक्राउ परेका सुनिताका श्रीमानका एक साथीले आफुले मात्र सुनिताको हत्या गरेको बयान दिएको मृतकका बुबाले बताए। तर उनका बुबा-आमाले भने एक्लै मारेको हुन् नसक्ने र परिवारको संलग्नता रहेको आरोप लगाएका छन्।

मृतककी आमाको अनुसार, घटना घटेको दिन दुई आमाजु र श्रीमान सुनिता कता गइन भन्दै खोज्न आएका थिए। उनीहरुले सँगै नुहाउन जाँदा मोबाइल र पैसासमेत् लिएर सुनिता हराएको भन्दै घटना हुने विहान ३ बज्न लाग्दा आएका थिए। विहानपख साढे ४ बजे खोज्न जाँदा प्रहरी समेत् घटनास्थलमा पुगेको थियो। आफैले राति नुहाउने बहानामा खोला लगी मारेर आफु जोगिन हराएको भन्दै खोज्न आएको सुनिताकी आमा बताउछिन्। 

यद्दपी सुनिताको सासुले भने परिवारले नै मारेको भनेर लगाइएको आरोप झुठो रहेको बताएकी छिन्। आफु घटना हुनु दिनको अघिल्लो दिन नै गहु पिन्न् बजार गएको र घटना भएको दिन मृत्युको खबर सुनेपछि मात्रै फर्किएको उनको भनाई छ। उनले भनिन्, ‘मैले आउँदा आफ्नो बुहारीको लाश समेत् देख्न पाइन्। बुहारीको मृत्यु भएपछि मलाई निकै दुख लागेको छ। मलाई सबैले मार्यो भनेर पिट्न आए।’ सुनिताको आमाजुले घरको होस् वा बाहिरको हत्या गर्नेलाई कडा सजाय हुनुपर्ने बताइन।

सुनिता थारु कान कम सून्ने र राम्ररी बोल्न नसक्ने भएकोले आफ्नो घरबाट अपहेलित भएकी मृतकको आमाले बताईन। सुनिता थारुको भागी विवाह भएको थियो। सुरेश र सुनिता एउटै स्कुलमा पढ्ने गर्थे। ९ कक्षा पढ्दै गरेकी सुनितालाई स्कुलबाटै सुरेशले भगाएर सुनितासंग विवाह गरेका हुन्।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू