पाण्डुबजार गुण्डु सडक शिलान्यास

admin

भक्तपुर, २७ वैशाख: सूर्यविनायक नगरपालिका–६ पाण्डुबजारबाट वडा नं ७ गुण्डु जाने सडकको कालोपत्रसहित विस्तार कार्यको शिलान्यास भएको छ । प्रतिनिधिसभाका सांसद, नेकपाका केन्द्रीय सदस्य एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले आज उक्त सडकको शिलान्यास गर्नुभएको हो ।

डिभिजन सडक कार्यालय भक्तपुरको रु पाँच करोडको लागतमा निर्माण हुन लागेको उक्त सडक विस्तारसँगै २० फिट चौडाइ सडकमा कालोपत्र, फुटपाथ र नाली निर्माणसमेत गरिने भएको छ ।

कार्यक्रममा सांसद बस्नेतले भक्तपुरको विकास तीव्रगतिमा भइरहेको बताउँदै उहाँले भक्तपुरलाई विकासमा नमूनाको जिल्ला बनाइने बताउनुभयो । कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, वडा नं ७ का अध्यक्ष रवीन्द्र सापकोटालगायतले यो सडक निर्माणसँगै गुण्डुको विकासमा ठूलो टेवा पुग्ने बताउनुभयो । रासस

प्रतिक्रिया