श्रीमतीलाई घर निकाला

admin

खलङ्गा, २७ वैशाख: तातोपानी गाउँपालिका–१ राँका जन्म घर भई तातोपानी–७ सर्मीमा विवाह गरेकी न्यूनदृष्टियुक्त किशोरी गाँसबासको खोजीमा भौँतारिँदै जुम्ला सदरमुकाम खलङ्गा आइपुग्नुभएको छ । सँगै जिउने वाचा गरेर न्यूनदृष्टियुक्त मानबहादुर कुँवरसँग विवाह बन्धनमा बाँधिएकी २० वर्षीया सरिता डाँगी घर निकाला गरेपछि अलपत्र पर्नुभएको छ ।

एक वर्षअघि कुँवरसँग विवाह गरेका उहाँलाई श्रीमानले घर निकाला गरेपछि आफू विचल्लीमा परेर माइतीघरमा आएको बताउनुभयो । उहाँले भन्नुभयो, “आमाबाबुले पनि बेवास्ता गर्न थालेपछि गाँसबासका लागि जोहो गर्न भौतारिएकी हुँ ।”

बाबु भारतमा काम गर्न गएका र आमाले बस्न नदिएपछि बाध्य भएर आफू निस्कनुपरेको उहाँले दुखेसो पोख्नुभयो । साथमा पुरानो कपडाको कुम्लो बोकेर उहाँ जिल्ला प्रहरी कार्यालय अगाडि बसेर रुँदै जीवनको सहारा खोजिरहनुभएको छ । दृष्टिविहीनभित्रै बहुविवाह र जातीय भेदभावमा परेका डाँगीका श्रीमान मानबहादुरले उहाँसँग बिहे गर्नुअगाडि तिला गाउँपालिका–३ की गौजी सुनारसँग बिहे गरेका थिए । रासस

प्रतिक्रिया