कर्णालीको वर्षे अधिवेशन जेठ १० गते

admin

सुर्खेत, २७ वैशाख : कर्णाली प्रदेशसभाको वर्षे अधिवेशनको पहिलो बैठक जेठ १० गते दिउँसो ३ बजे आह्वान गरिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख दुर्गाकेशर खनालले अधिवेशन आव्हान गर्नुभएको हो ।

वैशाख २४ गतेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चौथो अधिवेशन जेठ १० गते आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको थियो । बजेट अधिवेशनका रुपमा लिइने यस अधिवेशनमा सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने गरिन्छ । रासस

प्रतिक्रिया