मलेसिया जाने कामदारमाथिको सिन्डिकेट ब्युँताउन दूतावास नै सक्रिया

admin

काठमाडौं, बैशाख २८ : वैदेशिक रोजगारीमा मलेसिया जाने कामदारमाथि वर्षैदेखि भइरहेको ठगीमा संलग्न सिन्डिकेट ब्युँतायने गतिविधमा नेपालस्थित मलेसियन दूतावास नै सक्रिय भएको छ ।

विगतमा कामदार ठगीमा संलग्न मेडिकल सिन्डिकेट कायम राख्न दूतावासका कार्यवहाक राजदूत अहमद फादिल स्माइलले कूटनीतिक मर्यादा र दुई देशबीच भएको श्रम समझदारीविपरीत नेपाल सरकारलाई दबाव दिँदै आएका हुन् ।

श्रम समझदारीअनुरुप स्वास्थ्य परीक्षण गर्ने संस्था सूचीकरणको प्रक्रियामा सरकार रहेका वेला ठगीमा संलग्न व्यवसायीलाई नै मान्याता दिएको भन्दै मलेसियन राजदूतले विभिन्न निकायमा पत्राचार गरेका छन् । यो समाचार गोपाल साउदले नयाँ पत्रिकामा लेखेका छन् ।

प्रतिक्रिया