झोलाले थिच्छ विद्यार्थी

admin

काठमाडौं, बैशाख २८ : के तपाईका बालबच्चा विद्याय.लय जान्छन् ? जान्छन् भने तपाईले कहिल्यै उनीहरुको झोलाको तौल ख्याल गर्नुभएको छ ? अधिकांश अभिभावक विद्यार्थीलाई उनीहरुको पाठ्यसामाग्री राख्ने झोलाका कारण हुने शारीरिक र मानसिक समस्याबारे जानकार छैनन् ।

काठमाडौंको डल्ल्की क्यारोन देउला हरेक दिन विद्यालय पोसाकमा गह्रौँ झोला बोकेर सकीनसकी विद्यालय जान्छिन् । उनले बोकेको झोला कम्मरभन्दा तल पुगेको देखिन्छ । हामीले उपत्यकामा दैनिकजसो यस्ता सयौँ दृश्य देखिरहेका छौँ । तर सम्बन्धित निकाय विद्यालय र अभिभावकको भने यसमा कुनै चासो छैन ।

नेपालमा २०६९ फागुन ४ गते मन्त्रीस्तरीय निर्णयबाट लागू गरिएकाे निर्देशिकामा १ देखि कक्षा ५ सम्मका विद्यार्थीका लागि ४ किलाेसम्मकाे ताैललाई मान्यता दिइएकाे थियाे । विकसिक देशमा विद्यार्थीले बाेक्ने झाेलाकाे ताैलकाे बारेमा उल्लेख छ । अधिकांश देशमा विद्यार्गीले बाेक्ने झाेलाकाे ताैल उनीहरूकाे कुल ताैलकाे १० प्रतिशतभन्दा बढी हुन नहुने कुरा उल्लेख छ । हङकङमा विद्यार्थीले बाेक्ने झाेलाकाे ताैल उनीहरूकाे ताैलकाे १० प्रतिशत वा अधिकतम ३ किलाेसम्म हुनु पर्ने ताेकिएकाे छ । यो समाचार सरोजकुमार चौधरीले कान्तिपुरमा लेखेका छन् ।

प्रतिक्रिया