२ बर्षे बालक आर्यनको हत्या प्रकरणबारे वडासदस्यले खुलाए डरलाग्दो रहस्य, आमाको यस्तो बिजोग (भिडियो)

मनिषा थापा

पिएनपिखबर : धनुषाको ढल्केवरमा साढे दुई बर्षिय बालकको घाँटी रेटी हत्या भएको छ। गत सोमबार दिउँसोदेखि हराइरहेका साढे दुइ वर्षीय आर्यन शाहको शव आफ्नै घर पछाडीको आँपको बगैँचामा मंगलबार बिहान घाँटी रेटेर हत्या भएको अवस्थामा फेला परेको हो।

शव देखेपछि उनले सबै स्थानीयलाई बोलाएका थिए। घटनाको प्रकृति हेर्दा कतै काटेर आँप बारीमा फलेको जस्तो देखिएको प्रत्यक्ष दर्शीले जनाएका छन्।वैदेशिक रोजगारका लागि विदेशिएका शम्भुका छोरा आर्यनलाई छिमेकीले हत्या गरेको हुन् सक्ने परिवारका सदस्यहरुको अनुमान छ। यसको साथै त्यहाँका वडासदस्यले सिताराम महतोले समेत् छिमेकीसँग दुश्मनी रहेको कारण यस्तो घटना घटेको हुन् सक्ने आशंका गरेका छन्।

महतोको अनुसार, शम्भुको परिवार दुई वर्ष अघि यस्तै घटनाबाट गुज्रिएको थियो शाह परिवारकी एक महिला सदस्यलाई फकाएर घर देखि टाढा लागि एक छिमेकीले बलात्कारको प्रयास गरेको थियो तर, प्रतिवाद मात्र भएन, अपराधीलाई दुई बर्षको जेल सजाय पनि सुनायो। अहिले सोहि कारण बालकको हत्या भएको हुन् सक्ने अनुमान गरेका हुन्। बलात्कारको प्रयास गर्ने किशोरलाई उमेर नपुगेका कारण २ बर्ष जेल सजाय सुनाएर सुधार केन्द्रमा पठाइएकाले उनकै परिवारले आर्यनको हत्या गरेको हुन सक्ने आशंका गरिएको छ। प्रहरीले घटना सम्बन्धी अनुसन्धान गरिरहेको छ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू