खोलामा डुबेर दुई बालकको मृत्यु

admin

लम्की, २८ वैशाख: कैलालीको लम्की चुहा नगरपालिका–७ रोरा नदीमा आज बिहान डुबेर दुई बालकको मृत्यु भएको छ । स्थानीय परशुराम चौधरीका नौ वर्षीय छोरा समिर चौधरी र मनोज चौधरीका नौ वर्षीय छोरा सुदीप चौधरीको रोरा नदीमा नुहाउने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

नदीमा नुहाउने क्रममा बालकको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । बालकका शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया