काभ्रेमा थुन नभएको गाईले बाच्छो पायो

admin

काभ्रे, बैशाख २९ : काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका–३ ढुङ्खर्कमा थुन नभएको गाईले ब्याएको छ । ढुङ्खर्कका केदारनाथ सापकोटाले पालेको थुन नभएको गाईले बाच्छा पाएकाे हाे । गाईले बहर खोजेपछि पशुप्राविधिक बोलाएर कृतिम गर्भाधान गराएको सापकोटाले बताए । उनलाई पहिले गाईको थुन नभएकाे बारे थाहा नपाएकाे बताए ।

‘ब्याउनुभन्दा केहीअघि मात्र थुन नभएको थाहा भयो,’ सापकाेटाले भने, ‘ब्याएपछि थुन देखिएला भन्ने थियो ।’ थुनको समस्याबारे पशु चिकित्सालयमा सोधखोज गर्दा कुनै समाधान नभएको जानकारी पाएको उनले बताए । यो समाचार नंया पत्रिका दैनिकमा छ।

भेटनरी तथा पशु विज्ञ केन्द्र काभ्रेका पशु विशेषज्ञ डा. नवीन उपाध्यायले गाईको कल्चौडामा थुनको निसानसमेत नरहेको बताए । केन्द्रीय रेफरल पशु चिकित्शालय काठमाडौंका प्रमुख चिकित्सक डा. बलराम थापाले गाईमा वंशाणुगत रोग भएकाले कुनै उपचार नभएको बताएका छन् । किसानले जानकारी गराएपछि बुझ्दा केही उपाय नभेटिएको थापाले बताए ।

बाच्छालाई अरू गाईको दुध खुवाउने र उक्त गाईको दुध सुकाउनेबाहेक विकल्प नरहेको थापाले जानकारी दिए । ‘त्यस्तो अवस्थाको गाईलाई पहिला नै गर्भाधान गराउनु हुँदैन थियो,’ उनले भने, ‘कृत्रिम गर्भाधान गराउने पशु प्राविधिक र किसानले ध्यान नदिँदा समस्या आएको हो ।’

प्रतिक्रिया