शहिदगेटमा नयाँ तस्बिर राखिने

admin

काठमाडौं, बैशाख २९ : केही वर्षअघि शहीदगेटबाट चोरिएका ढलौटका चारवटा तस्बिरको स्थानमा नयाँ तस्बिर राखिने भएको छ । नेवाः भोलिन्टियर्सको अग्रसरतामा तस्बिर राख्न लागिएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकृति अधिकारीले लेखेका छन् ।

चोरिएका ती तस्बिर खोज्न वा पुनः त्यहाँ नयाँ तस्बिर राख्न कसैले पनि चासो नदेखाएपछि आफूले पहल लिएको संस्थाको दाबी छ । संस्थाका अध्यक्ष मनोज नेवाः खड्गीले चोरी भएका तिनै तस्बिरका ठाँउमा पूर्ववत् तस्बिर राख्न काठमाडौं महानगरपालिकासँग आफूहरुले लिखित अनुमति लिएको बताउँदै भने, “पहिलेकै जस्तो तस्बिर राख्न चाहेका छौँ । छिटै बनाउँछौँ ।”

तत्कालीन राजा त्रिभुवन स्वदेश फिर्दा विमानस्थलको दृश्य, सानो टुँडिखेलमा स्रोताहरूको भीडमा भाषण दिइरहेको दृश्य, नयाँसडकतर्फ साइकल चढेर गइरहेको दृश्य र जुलुसको दृश्य गरी चार वटा तस्बिर थिए । ती तस्बिर अहिले हराएको छ । अन्ठाउन्न वर्षअघि पित्तलबाट तस्बिर बनाउनुभएका कलाकार बालकृष्ण तुलाधरलाई आफूले गरेको मिहिनेत चोरी भएको र त्यसको खोजविन नगरिएकोप्रति चित्त दुःखाइ छ ।

प्रतिक्रिया