काठमाडौँ उपत्यकालाई मेट्रोसिटी बनाउन विज्ञको सुझाव

admin

काठमाडौं, बैशाख २९ :स्थानीय शासन विज्ञहरूले काठमाडौँ उपत्यकाको एकीकृत विकासका लागि बृहत मेट्रोसिटी निर्माण गर्नुपर्ने सुझाव दिएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा नगेन्द्र सापकोटाले लेखेका छन ।

यसअघि स्थानीय तह पुनःसंरचना आयोगले उपत्यकाको एकीकृत विकासका लागि राजधानी उपत्यका सहर (मेट्रोसिटि) निर्माण गर्नुपर्ने सुझाव दिएका थिए । स्थानीय शासन विज्ञ एवं साबिक स्थानीय तह पुनःसंरचना आयोगका सदस्य डा. श्याम भुर्तेलले काठमाडौं उपत्यकाको एकीकृत विकासको प्रमुख आधार नै ‘मेट्रोसिटि’ निर्माण भएको बताए ।

उनका अनुसार, राजधानीका सबै नगरपालिकाको भूगोल एक आपसमा जोडिएका, विकास निर्माणका समस्या र समाधानको उपायसमेत समान भएका र अन्तर नगरपालिका जोड्ने साझा योजना निर्माणका लागि राजधानी उपत्यका सहर ( मेट्रोसिटि) निर्माण गर्न तत्कालीन आयोगले सरकारलाई सुझाव दिएको थियो ।

प्रतिक्रिया