आजबाट कक्षा ११ को परीक्षा सुरु

admin

काठमाडौं, बैशाख २९ : अबजदेखि यस वर्षको कक्षा ११ परीक्षा सुरु भएको छ । आज बिहान ८ बजेबाट परिक्षा सुरु भएको र परीक्षामा मोबाईल निषेध गरिएको राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ। यस वर्ष कक्षा ११ को परीक्षामा ५ लाख ८ हजार ४ सय ९४ जना परीक्षार्थी सहभागी भएका छन्।

जेठ ८ गते सम्पन्न हुने कक्षा ११ को परीक्षामा साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरुको सहभागिता रहनेछ।कक्षा ११ को परीक्षामा मनाङ जिल्लाबाट सबैभन्दा कम ५१ जना र काठमाडौंबाट सबैभन्दा धेरै ७१ हजार ५ सय २७ परीक्षार्थी सहभागी भएका छन्। कक्षा ११ को परीक्षा देशभर ११०७ परीक्षा केन्द्रबाट परीक्षा चलिरहेको छ।

प्रतिक्रिया