कनकाई पुलमा शङ्कास्पद वस्तु फेला

admin

भद्रपुर, २९ वैशाख: झापाको कनकाई नदीको पुलमा आज बिहान शङ्कास्पद वस्तु फेलापरेको छ ।पूर्वपश्चिम राजमार्गअन्तर्गतको सो पुलमा स्थानीय एक व्यक्तिले बिहान ‘मर्निङ वाक’ जाँदा सो शङ्कास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

खबर पाउनसाथ घटनास्थलमा प्रहरी टोली पुगेको थियो। सुरक्षाका कारण अहिले पुलमा सवारीसाधान तथा पैदलयात्रीलाई समेत आवतजावतमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार प्रेसर कुकरजस्तो देखिने शङकस्कापद वस्तुमा ३० मिटर लामो बिजुलीको तारसमेत जडान गरिएको देखिन्छ । चारआलीस्थित श्रीनाथ गणबाट नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगिसकेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया