बुबा नभएको मौका छोपी हलो जोत्थे : निलम शर्मा (भिडियो)

मनिषा थापा

पिएनपिखबर : निलम शर्मा एक सामाजिक अभियान्ता हुन्। उनी मानव समाज कल्याण केन्द्रको हरेक कार्यक्रममा सहभागी हुने गर्छिन। कैलालीबाट निकै टाढाको यात्रा पार गरेर उनी भक्तपुरको मानव समाज कल्याणमा रहका बाबुआमा भेट्न आएकी हुन। उनलाई मानब सेवा घरमा बस्न पाउँदा निकै आनन्द लागिरहेको बताईन।

उनी सानै हुँदा आमा दैवकी प्यारी भईन। क्यान्सर रोग लागेको थाहाँ पाएको केहि दिन मै उनको आमाको निधन भएको थियो। उनलाई आफ्नो आमालाई केहि गर्न नसकेकोमा सधै हिन्नताबोध भईरहन्थ्यो। अहिले यसरी सेवा घरमा आएर आमाबुबा भेट्दा पुण्य कमाएको जस्तो महशुस हुने उनको भनाई छ।

उनको बाल्यकाल निकै संघर्षपूर्ण बित्यो। उनी साहित् उनको परिवारमा ७ जना सन्तान र बुबा छन्। आमाको निधन पछि पढाईमा अब्बल हुने निलमका दिदिबहिनी पढ्न नियमित स्कुल जान पाएनन्। उनीहरु घरको काम गर्नु पर्ने भएकोले पालै-पालो स्कुल जाने गर्दथे। उनले कक्षा १२ सम्मको अध्धयन पुरा गरेकी छिन् भने त्यसपछिको पढाईलाई भने उनले निरन्तरता दिन सकिनन्। ऐच्छिक नेपाली लिएकी उनी निकै राम्रो कबिता लेख्ने र बाच्न गर्ने गर्छिन।

निलमका बाबुले उनीहरुलाई दुख सुख गरी हुर्काएको हुन्। निलम भन्छिन, ‘एकपटक बाबाले हलो जोत्दा भमिट गर्नुभएको देखे। त्यसपछि मैले आफै लुकेर हलो जोतेको कारण बाबाले कुट्न पनि भएको थियो।’ 

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू