खेल सक्किने बित्तिकै चिसो पानी पिउनले एक खेलाडीकाे मृत्यु

रिता घिसिंग

एजेन्सी: खेल सक्किने बित्तिकै चिसो पानी पिउँदा एक खेलाडीकाे मृत्यु भएको छ । पेरुको उत्तर-पश्चिम क्षेत्रको लास रेंजर्सका खेलाडी लुडविन फ्लोरेज नोलको मृत्यु भएको हो ।

खेल सकिएपछि घर पुगेका लुडविनले चिसो पानि पिएको उनको श्रीमतीले जानकारी दिइन् । ‘ पानी पिएको केहि बेरमै छाती दुखेको भनेपछि हामीले उनलाई अस्पताल लागेका थियौं । तर बाटोमै उनको मृत्यु भयो,’ उनले भने ।

डाक्टरका अनुसार २७ वर्षीय फ्लोरेजले शरीर तातो छँदा नै अत्यधिक चिसो पानी पिएकोले हृदयघात भएको हो । चिसो पानीका कारण शारिरको तापक्रममा आकस्मिक बदलाव भएपछि मुटुको धड्कन परिवर्तन भएको र त्यसले ‘कार्डीयोभास्कुलर रिफेल्क्स’ भएपछि उनको ज्यान गएको हो ।

प्रतिक्रिया