अन्तत: भ्रष्टाचार र नागरिकता वितरणको बिरोधमा उर्लिए सारा नेपाली, ज्ञानेन्द्र शाहीले दिए भ्रष्टाचारीलाई कडा चेतावनी (भिडियो)

मनिषा थापा

पिएनपिखबर : ‘नेपालका लागि नेपाली अभियान’मा लागि परेका राजनीतिक विश्लेषक ज्ञानेन्द्र शाही सहित्को ठुलो जमात विदेशीलाई नागरिकता वितरण र भ्रष्टाचारको विरोधमा सडकमा उत्रिएका छन्। शनिबारको दिन जाउलाखेल देखि लगनखेलसम्म र्याली निकाल्नुको साथै ज्ञानेन्द्र शाहीले भ्रष्टाचारीलाई कडा चेतावनी दिएका थिए।

उनीद्वारा आयोजित नागरिक आन्दोलनमा उनले जब सम्म जनताबाट प्रतिनिधत्व गरेर गएका व्यक्ति राजनीतिमा प्रवेश गर्दैनन् तब सम्म देश नबन्ने बताएका छन्। सरकारले नागरिकता समेत् बेच्न लागेको अवस्थामा राष्ट्र नबच्ने शाहीले जनाए। उनले भने, ‘देश बच्ने गद्दार नेपालमा जन्मिएका छन्। तर नेपाललाई २ ४ जनाले बेच्न खोज्दैमा बेच्न सक्दैनन्।’

कार्यक्रममा उनले यस मुद्दा सिमित जनताको मात्र नभई सिङ्गो ३ करोड नेपालीको रहेको बताएका छन्। नागरिकता वितरण पछि ३ करोड जनतामाथि ६ करोड विदेशीले आएर थिच्ने भन्दै उनले भने, ‘आज पनि नेपाली जनता चुप रहेमा देशको सम्पदा लुटिनेछ, प्रत्येक दिन दिदिबहिनीमाथि बलात्कार हुनेछ।’ बाँकी हेर्नुहोस भिडियोमा…

प्रतिक्रिया

सम्बन्धित समाचारहरू