भाउजुसँगको अबैध सम्बन्धको कारण यी निर्दयी श्रीमानले आफ्नै श्रीमतीमाथि पेट्रोल खन्याएर जिउँदै जलाए (भिडियो)

मनिषा थापा

पिएनपिखबर : जुनी जुनीसम्म सँगै जिउछु अनि सँगै मर्छु भन्दै अग्निलाई साची राख्दै सात फेर लिएर कसम खाएको श्रीमानले नै जिउँदै आगोमा यसरी जलाउलान भनेर सायद निर्मला देवीले सपनामा समेत सोचेकी थिइनन् होला। घटनाको स्थलगत रिपोर्टिङ्गका लागि पिएनपिमिडियाको टिम धनुषाको शहीदनगर नगरपालिका, वडा नम्बर १, चिरैया पुग्दा मृतक निर्मलादेवीको विषयमा कोहि पनि बोल्न मानेनन्। सबैको मुखमा एउटै रेडिमेड उत्तर थियो। घटना घटेको बेलामा त्यहाँ कोहि पनि उपस्थित थिएनन् र घटनाको बारेमा कसैलाई पनि केहि थाहा थिएन।

सिङ्गो गाउँको बीचमा दिनदहाडै यस्तो अमानवीय घटना घट्छ तर कसैलाई पनि केहि थाहा हुदैन न त घटनाको प्रत्यक्षदर्शी कोहि छन न त आफन्तलाई नै केहि थाहा छ, आफैले विवाह गरेर ल्याएको घरको सदस्यलाई जिउदै जलाईदा पनि न कसैको मुहारमा दुखको आभास थियो न त कोहि सोख मै देखिन्थे। यसले पनि घटना झन रहस्यमय भएको सजिलै अनुमान लगाउन सकिन्छ। हुन त मुख्य आरोपी भनिएका निर्मलाका श्रीमान पक्राउ परिसकेका छन्।

उनले बयानका क्रममा आफ्नै भाउजुसङ्गको अबैध सम्बन्धको कारण श्रीमतीलाई जिउँदै जलाएको स्विकारी पनि सकेका छन्। तर पनि एउटा सिङ्गो गाउनै यस्तो अमानवीय घटना प्रति मौन बस्दा घटना सोचे जतिको सरल नहोला भन्न सकिदैन र यस्ता मौनताले भविष्यमा पनि अर्की निर्मला देवीलाई जिउदै नजलाएला भन्न सकिदैन।

घरमा कोहि नभएको मौका पारेर धनुषाको शहीदनगर नगरपालिका १ चिरैया बस्ने मुकेश यादवले ५ वैशाखमा २२ बर्षीया पत्नी निर्मलादेवी यादवको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। निर्मलाको उपचारका क्रममा १६ गते मृत्यु भएको थियो।

भाउजूसँगको अबैध सम्बन्ध लुकाउन मुकेश गोइतले श्रीमती निर्मला यादवलाई जिउँदै आगो लगाइदिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। घटनालगत्तै फरार भएका मुकेशलाई प्रहरीले कञ्चनपुरको गड्डा चौकीबाट पक्राउ गरेको छ । प्रारम्भिक बयानमा मुकेशले भाउजुसँगको सम्बन्धका कारण पत्नीलाई जिउँदै जलाएको स्वीकार गरेका छन् ।

मुकेशको बयानपछि प्रहरीले उनकी भाउजु श्यामादेवीलाई पनि पक्राउ गरेको छ । पक्राउ परेका देवर–भाउजुविरुद्व कर्तव्य ज्यान मुद्दा चलाइएको छ । मुकेशका दाजु लामो समयदेखि रोजगारीको सिलसिलामा विदेश गएका थिए । यता मुकेश र उनकी भाउजु श्यामादेवीबीच अवैध सम्बन्ध रह्योको थियो ।

मुकेशले फागुनमा कमला नगरपालिका–५ की निर्मलासँग बिह गरे, करिव ५ महिना अघि मुकेश दाइ नागे यादव फर्किए । तर, देवर–भाउजुको सम्बन्ध कायमै रह्यो । एक दिन निर्मलाले दुबैलाई आपत्तिजनक अवस्थामा देखेपछि श्रीमान् श्रीमतीबीच विवाद शुरु भयो । उही विषयलाई लिएर मुकेश र निर्मलाबीच झगडा पर्थ्यो । आमासमानकी भाउजुसँग अबैध सम्बन्ध रहेको थाहा पाएपछि निर्मला निक्कै दुखित बनिन ।

तर, नागेले भाइ मुकेश र श्यामादेवीको सम्बन्धबारे थाहा पाएनन् । घटना भएको दिन पनि निर्मला र मुकेशकाबीच झगडा भएको थियो । मुकेश ‘तेरो सबै लुगा जलाइदिन्छु’ भन्दै धम्की दिएर पेट्रोल लिन निस्किए । घरनजिकै उनको भाउजु श्यामादेवीकै पसल थियो, जहाँ उनले पानीको बोतलमा पेट्रोल बेच्दै आएकी थिइन् ।

मुकेश पेट्रोल लिन पुग्दा भाउजुले किन चाहियो भनेर सोधिखोजी गरिन् । मुकेशले निर्मलाको सबै कपडा जलाइदिन्छु भनेका रहेछन् । तर श्यामादेवीले ‘किन लुगा मात्रै, उसैलाई जलाइदेउ, त्यसपछि भागेर विवाह गरौंला’ भनेको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यसअनुसार मुकेशले निर्मलालाई जिउँदै जलाए ।

श्रीमतीलाई आगो लगाएर भाग्दै गर्दा आइपुगेका नागेले मुकेशको टाउकोमा रडले प्रहार गरेको देखिएको धनुषाका प्रहरी प्रमुख शेखर खनालले जानकारी दिए । तर, उनी भाग्न सफल भए । प्रहरीले कञ्चनपुरको गड्डाचौकीबाट मुकेशलाई पक्राउ गरेको छ ।

समाचारमा येति धेरै तथ्यहरु बहिरा निस्कि सक्दा पनि स्थलगत रिपोर्टिंगको लागि पुगेको हाम्रो टोलि भने रित्तै हात फर्किनु पर्यो,प्राथना गरौ तराईका यी भुभाघरुमा फेरी अर्की निर्मला देबीलाई यस्तै अमानविय तरिकाले जिउदै नजलाईयोस।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू