ब्राउनसुगरसहित पक्राउ

admin

धम्बोझी, २९ वैशाख: लागुऔषध ब्राउनसुगरसहित तीनलाई प्रहरीले पक्राउ गरेको छ । बर्दिया मधुवन नगरपालिका–५ श्रीकृष्ण सामुदायिक वनस्थित सडक खण्ड किनारामा लागुऔषध ब्राउन सुगर कारोवार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।



मधुवन–६ बस्ने ३२ वर्षीय दिनेशकुमार बोहरा, वडा नं ५ बस्ने १९ वर्षीय सुशील भारती र सोही ठाँउ बस्ने १९ वर्षीय पुष्कर शाहीलाई लागुऔषध कारोवार गरिरहेको अवस्थामा फेला पारी १२ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक मदनजीत महराले बताउनुभयो ।

प्रतिक्रिया