आफ्नो अंशमा आएको करोडौं सम्पती जेहेन्दार–गरीब विद्यार्थीलाई दान गर्ने परोपकारी पुन दम्पती (भिडियोसहित)

रिता घिसिंग

पिएनपिखबर : बुटवलका खेमराज पुन र ओमी पुन यी दम्पतिले आफ्नो आम्दानीको केहि भाग छुट्याएर व्यक्तिगत रुपमा स्थापना गरिएको खेम–ओमी पुन कल्याणकारी प्रतिष्ठानले अहिलेसम्म आर्थिक स्थिति कमजोर रहेका जेहेन्दार दर्जनौ बिद्यार्थीहरुलाई सहयोग गर्दै आइरहेका छन्।

यस प्रतिष्ठानले पढ्ने इच्छा र पढ्न सक्ने बिद्यार्थीका आर्थिक स्थिति, पारिवारिक स्थिति बुझेर मात्र सहयोग गर्ने गर्छन। ता कि यस प्रतिष्ठानले सहयोग गरेको खेर नजाओस् भन्ने उनीहरुको चाहना रहेको छ । यस प्रतिष्ठान कुनै सरकारी सहयोगबाट नभई आफ्नै व्यक्तिगत आम्दानीको केहि प्रतिशत छुट्याएर स्थापना गरेका हुन्। उहाहरुले जातीय रुपमा नभई जेहेन्दार र आर्थिक रुपमा कमजोर जो कोहिलाई पनि सहयोग गर्दै आइरहेका छन्।

भारतीय सेनामा मृत्यु भएका बाबुको नाममा प्रतिष्ठान खोलेर समाज सेवा शुरु गरेका खेमराजले यस्तो कामलाई संस्थागत गर्न र दीर्घकालसम्म लैजान आफ्नो ५१ औं जन्मदिनका अवसरमा २०७० मंसिर १७ मा खेम–ओमी पुन कल्याणकारी प्रतिष्ठान स्थापना गरेका हुन्।

यसरि नै आफ्नो जन्म दिनको अवसर र आफ्नो आम्दानीकेहि प्रतिशत रकम छुट्याएर यस प्रतिष्ठानमा अहिले सम्म ६२ लाख रकम जम्मा भैसकेका छन्।
उक्त रकमबाट अहिले सम्म २५ लाख जति खर्च भैसकेको छ। निस्वार्थ भावले गरिएको यस सहयोग बापत उहाहरुले केहि लिदैनन। मनको शान्ति र आनन्दको लागि यी जोडीले यस्ता कार्य गर्दै आइरहेका ओमी पुन बताउछिन। उहाहरुले पढाई रहेका बिद्यार्थीहरु कोहि डाक्टर, इन्जिनियर पढिरहेका छन् भने कोहि भर्खर स्कुल जीवन सुरुवात गरिरहेका पनि छन्।

उहाहरुले पढाई सकेपछि बिद्यार्थीहरुबाट आर्थिक सहयोग लिदैनन तर भबिश्यमा यस प्रतिष्ठानलाई संचालन गर्नका लागि अनुरोध भने गर्ने गर्छन। उहाहरुले भविष्यमा आफ्नो भागमा आउने पुर्ख्यौली सम्पति पनि यस प्रतिष्ठानलाई दिने निर्णय गरेका छन्। उहाहरु बिद्यार्थीलाई खोज्दै जान्दैनन्। बिद्यार्थी आफै निवेदन दिने गर्छन। निवेदनको आधारमा बिद्यार्थीको बारेमा पारिवारिक र शैक्षिक स्थिति सबै बुझेर मात्र सहयोग गर्ने गर्छन। ता कि सहयोग रकम अनावश्यक ठाउँमा प्रयोग नहोस।

बिद्यार्थीहरुले आमा खुवाउने औशीमा फोन गरेर शुभकामना दिंदा आफुलाई खुसि लागेको उनि बताउछिन। यस प्रतिष्ठानमा कुनै सरकारी र गैरसरकारी संघ संस्थासंग आबद्ध भएर कार्य गर्ने कुनै इच्छा नरहेको उनि बताउछिन।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू