अञ्जना हत्याकाण्ड बारे यसो भन्छन वडा अध्यक्ष (भिडियो)

मनिषा थापा

पिएनपिखबर : पछिल्लो समयमा नेपालमा हत्या हिँसाका घटनाहरुले तीव्र रुप लिईरहेको छ। कहिले कन्चनपुरकी निर्मलाको हत्या, कहिले मोरङ्गकी रिनाको रहस्यमय मृत्युको घटना त कहिले बुटवलकी लक्ष्मीको मृत्युको घटना। यी घटनाहरु सेलाउन नपाउदै फेरी अर्को घटना बाहिरिएको छ ।

गत विहिबार दिउँसो दिनदहाडै जेठाजु आफ्नै बुहारी माथि खुकुरी प्रहार गरी निर्मम हत्या गरेको छन्। ललितपुर महानगरपालिका-२६ ढोलाहिटी बस्ने २५ वर्षीया अञ्जना लामा महतमाथि खुकुरी प्रहार गरी आफ्नै जेठाजु ३५ वर्षीय उज्वल महतले हत्या गरेका हुन्।

घटना घटेको दिन घरमा अन्जना उनको जेठाजु र सासुमात्रै थिए भने अन्य सदस्य अफिस गएका थिए। अन्जनाका श्रीमान अफिस गइसकेपछि उनले बुहारीमाथि नै खुकुरी प्रहार गरे। दिउँसो ब १:३० बजे २५ वर्षीय बुहारी अन्जना लामाको विभत्स हत्या गरे। प्राप्त खबर अनुसार हत्या गरेपछि उज्ज्वल महतले ‘आमा बुहारी काटेर आएँ, प्रहरी बोलाउनुहोस्’ भनेका थिए। उज्ज्वलका मामाको अनुसार, मृतककी सासु भने घटना भएको कोठाको माथिल्लो तल्लामा बसेको कारण केहि थाहाँ पाईनन्।

घरका सदस्यले उज्ज्वलको मानिसिक सन्तुलन ठिक नभएको जनाएका छन्। घटना बारे बताउँदै ललितपुर महानगरपालिका वडा अध्यक्ष सुरेश महर्जनले अभियुक्तलाई कडाभन्दा कडा कारबाही हुनु पर्ने बताएका छन्।

उनको अनुसार ,घटना पछि उनी पुग्दा अभियुक्तलाई प्रहरीले हिरासतमा लगेको थियो। घरको बरण्डा रगतामै थियो। शब भने उनले हेर्न पनि नसकेको उनी बताउछन्। उनी भन्छन, ‘आफुलाई त्यस घरको बारे त्यति जानकारी नभए पनि स्थानीयहरुकुरा सुन्दा त्यस घरमा कहिले कलह नहुने र अभियुक उज्ज्वल बिगत ६ महिना देखि मानसिक रोगबाट पिडित रहेको जानकारी पाए।’ उनले अब यस्ता घटना हुन् नदिन चेतनामुकल कार्यक्रम ल्याउने उनको भनाई छ। महर्जनले हत्यारालाई कडाभन्दा कडा कारवाही हुनुपर्ने बताए।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू