प्रत्यक्ष प्रशारण भइरहेको कार्यक्रममा प्रस्तोताले उपप्रधानमन्त्रीलाई यहाँ आएर बकबास नदेखाउनुस् भनेपछि (भिडियोसहित)

रिता घिसिंग

काठमाडौँ : एक निजी टेलिभिजनको अन्तर्वार्ता कार्यक्रम चलिरहेका बेला उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई निकाला गरिएको भिडियो सामाजिक संजालमा सार्वजनिक भएको छ।

आइतबार राति ९ बजे एभी न्युज टेलिभिजनको ‘सकस राजनीति बहस’ कार्यक्रमबाट कार्यक्रम सञ्चालक सुशील पाण्डेले ‘प्रश्नको जवाफ दिन सक्नु हुन्न भने तपाई जान सक्नु हुन्छ’ भनेका थिए । त्यसपछि उपप्रधानमन्त्री यादव प्रश्न सोध्ने कार्यशैली र प्रस्तुति ठीक नभएको भन्दै प्रत्यक्ष प्रशारण भइरहेको टेलिभिजन कार्यक्रमबाट बाहिरिएका हुन्।

कार्यक्रम प्रस्तोता पाण्डेले पार्टी एकताको विषयमा सोधिएको प्रश्नमा उपप्रधानमन्त्री यादव भड्किएका हुन् । उपप्रधानमन्त्री यादवले ‘तपाईले प्रश्न गर्ने कुरामा ढंग भएन’ भनेपछि प्रस्तोता पाण्डेले ‘प्रश्न सोध्न ढंग नसिकाउनुस्’ भनेर प्रतिवाद गरेका छन् ।

प्रस्तोता पाण्डेले ठाडो प्रश्न सोधिन्छ ठाडो जवाफ चाहिन्छ भन्छन् । त्यसपछि पनि प्रस्तोता पाण्डेले ‘तपाई जान सक्नु हुन्छ’ भन्छन् । ‘यहाँ आएर बकबास नदेखाउनुस् मन्त्रीज्यू जवाफ दिन सक्नु हुन्न भने जानुहोस’ भनेपछि उपप्रधानमन्त्री यादवले कार्यक्रम नै छाडेर हिँड्नु पर्ने अवस्था भिडियोमा देखिएको छ ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू