आकासियो सुनको भाउ

मनिषा थापा

काठमाडौं : आज सुनको भाउ आकासिएको छ। हिजो ६० हजार रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज एक हजार रुपैयाँ बढेर ६१ हजार रुपैयाँ पुगेको छ। गत शुक्रबार सुनको भाउ ५९ हजार २ रुपैयाँ रहेको थियो।

त्यस्तै आज तेजावी सुनको भाउ पनि उकालो लागेको छ। आज तेजावी सुन प्रतितोला ६० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज सुनको मूल्यसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। आज चाँदीको भाउ प्रतितोला ७२५ रुपैयाँ रहेको छ। सोमबार चाँदी ७२० रुपैयाँमा कारोबार भएको थियो। काठमाडौँ उपत्यका बाहेकका जिल्लामा भने नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।

प्रतिक्रिया