श्रीमान–श्रीमतीबीच सुनको विषयमा विवाद हुँदा छोरीलाई जलाइयो

रिता घिसिंग

काठमाडौं : श्रीमान–श्रीमतीबीच झगडा हुँदा दार्चुलामा एक दाम्पतीले १० महिने छोरीलाई जलाएर हत्या गरेका छन् । व्याँस गाउँपालिका–५ चुकपानीका बुबा नवीन बिष्ट र आमा शिलालाई छोरी जलाएर हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार राति करिब साढे ११ बजे उनीहरू सामान्य विवाद भएको थियो । श्रीमतीसँगको विवादपछि आवेगमा नवीनले छोरीलाई खरको कुन्युमा राखी आगो लगाएको प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकृत प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिनुभयो ।

घटनापछि भाग्न लागेका उनीहरूलाई स्थानीयको सहयोगमा प्रहरी चौकी धौलाकोटबाट गएको अमिर रावलको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । श्रीमतीले उनको दिदीलाई सुन दिएको विषयमा विवाद हुँदा घटना भयो, नवीनले स्वीकार्दै भने ।

नवीनलाई अपराध संहिताअनुसार कारवाही हुने र शिलालाई कसुर हेरी कारवाहीका लागि सिफारिस गर्ने प्रहरीले जनकारी दिए ।

प्रतिक्रिया