७ बर्षिय बालिका करणीका आरोपित खरेल पक्राउ, ५० लाख मागेको बिषयमा यसो भन्छन बाबु (भिडियोसहित)

रिता घिसिंग

पिएनपिखबर : ७ बर्षिय बालिका बलात्कार गरेको आरोपमा काठमाडौँका महत राज खरेललाई प्रहरीले पक्राउ गरिएको छ। रामेछापकी बिनिता माझीले आफु काममा व्यस्त भएको समयमा आफ्नी ७ बर्षिय छोरीलाई फकाएर मालिकले बलात्कार गरेको आरोप लगाएका हुन्। बैदेशिक रोजगारमा रहेका श्रीमानको कमाईले नपुग्ने भएपछि उनि काठमाडौँका केहि घरहरुमा घरेलु काम गर्थे। सोहि क्रममा छोरीलाई कहिले कहिँ आफुसंगै लाने गरेको उनले बताएकी थिइन् ।



आफ्नी नाबालिका छोरीले पिसाब फेर्ने ठाउँ दुख्यो भन्न थालेपछि उनि डाक्टर कहाँ जादा छोरी बलात्कृत भएको आफुले थाहा पाएको उनले बताइन। घटना घटेको ३ महिनापछि उनले मिडिया मार्फत यस घटनालाई बाहिर ल्याएकी हुन्।

बैदेशिक रोजगारमा रहेका बालिकाका पिता बिष्णु माझी अहिले नेपाल आइसकेका छन्। घटना घटेको ३ महिनापछि आफ्नो श्रीमतीलाई डर, धम्कि दिएको र छोरीको हालत पनि एकदम नाजुक रहेको भन्दै छिमेकीले फोन गरेपछि उनि नेपाल आएको उनले बताए।

आफुहरुले कामबाट निकालेपछि अहिले छिमेकी र मिडियाको बहकाउमा ५० लाख मागेको र नदिएपछि यस्तो झुटो आरोप लगाएको खरेल परिवारले दाबी गरेका छन्।

बालिकामाथि भएको यस्तो घटना पनि आफुले ३ महिनापछि त्यो पनि छिमेकीमार्फत थाहा भएको र ५० लाख माग राखेको कुरा पनि आफुलाई थाहा नभएको बालिकाका पिता बिष्णु माझीले बताए। साथै उनले अपराधीलाई जन्म कैद र आरोपीको आधा अंशको माग गरेका छन्।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू