१ करोड सेटिङ्गले जितायाे भन्ने मुकुन्द घिमिरेलाई करोडपति राजीव जैनले दिए यस्तो कडा जवाफ (भिडियोसहित)

रिता घिसिंग

पिएनपिखबर : एपी वान टेलिभिजनबाट प्रसारण हुँदै आएको टेलिभिजन शो ‘को बन्छ करोडपति’ मा विराटनगरका राजिव जैनले एक करोड रुपैयाँ जितेका छन् । शनिबार र आइतबार प्रसारण गरिएको शोमा उनले १५ वटै प्रश्नको सही जवाफ दिँदै एक करोड जितेका हुन् । को बन्छ करोडपति ? मा १ करोड जित्ने उनी पहिलो सहभागी हुन् ।

राजीबले पनि पहिला भारतका ‘केबिसी’मा जाने प्रयास गरेका थिए। तर उनि असफल भईन। १ करोड जितेको समयमा उनलाई विश्वास गर्न नै मुस्किल परेको उनले बताए। सामाजिक संजालमा १ करोड बिजेताका बिषयमा टिका टिप्पणी भैरहेका छन्। यसै बिषयमा आम मानिसको भन्दा फरक तर्क दिन रुचाउने मुकुन्द घिमिरेले गए रातिको एपिसोड ‘को बन्छ करोडपति’ समेत सेटिङ्ग मार्फत बास्तबिक खेल नखेलाई माडेलाई करोडपति बनाएको भनी आफ्नो ट्वीटर मार्फत ट्वीट गरेका थिए।

उनले ट्वीटरमा, “चुहिएका प्रश्नहरु र घोकन्ते उत्तरहरुको सुटिङ नसकिंदै बजारे जम्बो चेक कसरी तयार भयो ? चेकको फ्लेक्स बोर्ड बनाउनका लागि केही दिन अघिदेखि वा केही घण्टा अघि नै अर्डर दिनुपर्छ, करोड लेनदेन गर्ने दुवै कलाकारहरुले अभिनय नै गरेका हुन् भन्ने प्रष्ट देखिएन र ?”

“१५ प्रश्नका उत्तर दिएर हुनेभए; विपीले किन पार्टी खोल्थे? मदन भण्डारीले किन संगठन बनाउँथे? मुकुन्दल्याण्डको अभियान किन चाहिन्थ्यो? Question Out भएर करोडपति हुनेभए लाखौं युवाहरू प्यारी स्वास्नी छोडेर कुल्ली हुन अरब मलेसिया कोरिया र भाँडा माझ्न युरोप अमेरिका अष्ट्रेलिया किन पुग्थे? “भनी ट्वीट गरेका छन् ।

राजीव भन्छन ‘आफु खासै सामाजिक संजालमा सक्रिय नरहेका कारण मुकुन्दको नाम र स्ट्याटस देखेको छैन। यस्ता आलोचनाका बिषयमा मानिस भएपछि आलोचनालाई पनि सकारात्मक रुपले लिनुपर्छ। यसलाई पनि मैले सकारात्मक रुपले लिएको छु। मैले यस कार्यक्रममा आफ्नो हिसाबले सहभागी भएकी हुँ। प्रश्न आउट भएको भए मलाई लाइफ लाइनको आवश्यकता नै पर्ने थिएन । झन्डै झन्डै म असफल हुने अवस्थामा पनि पुगेका थिए। जसले जे प्रतिक्रिया दिए नि मलाई केहि आपत्ति छैन। र आ-आफ्नो हिसाबले प्रतिक्रिया दिने अधिकार सबैलाई छ। “

बाँकि हेर्नुहोस भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू