पत्रकारलाई ज्यान मार्ने धम्की दिएको छैन भन्दै मिडियामा आए बिष्णुजंग बस्नेत (भिडियो)

सन्दीप खत्री

काठमाडौँ: एभिन्युज टेलिभिजनका पत्रकार शुशील पाण्डेलाई ज्यान मार्ने धम्की दिएको भनिएका समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य विष्णुजंग बस्नेतले आफुले ज्यान मार्ने धम्कि दिएको भनि एभिन्युज टेलिभिजनले दुष्प्रचार गरेको बताएका छन । बस्नेतको मोवाईल फोनबाट पत्रकार पाण्डेलाई ज्यान मार्ने धम्की आएको समाचारहरु वाहिरिए पछि त्यसको वास्तविकता बुझ्न बस्नेतसँग कुराकानी गर्दा आफूले पाण्डेलाई मार्ने धम्की नदिएको बरु पाण्डेलेनै अभद्र शैलीमा प्रस्तुत हुदै मिडियाबाजी गरिरहेको आरोप लगाएका छन् ।

वस्नेतले पिएनपि टिभीसँग कुराकानी गर्दै भने, ” सुशील पाण्डेसँग अन्तर्वार्ता प्रसारण भएको भोलिपल्ट आठ बजे फोनमा कुरा गरेको हो, दिउसो २ बजे भेट्ने कुरा थियो तर १२ बजे मैले फोन गर्दा प्रेस काउन्सिल जा भन्दै अभद्र शैलीमा उल्टै थर्काउनु भयो उहाले पहिला मुख छाडेपछि तँ तँ र म म चलेको हो। त्यसपछि ज्यान मार्ने धम्की भन्दै समाचार छपाउनु भएकोमा अचम्ममा परेको छु ।”

बस्नेतले समाजवादी पार्टी नेपालबाट पत्रकार शुशील पाण्डेलाई कुनै सुरक्षा चुनौती नभएको समेत बताएका छन। उनले आफूले त्यस्तो भनेको भए सोको कल रेकर्ड देखाउन समेत पाण्डेलाई चुनौती दिएका छन् ।

हेर्नुस भिडियो:

प्रतिक्रिया

सम्बन्धित समाचारहरू