अस्पतालले नै गलत रगत दिएपछि गयो ५ बर्षिय बालिकाको ज्यान ! किन लिएन प्रहरीले जाहेरी ? (भिडियो)

मनिषा थापा

पिएनपिखबर : बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदय केन्द्रका कर्मचारीको लापरबाहीका कारण सर्लाहीकी एक बालिकाको मृत्यु भएको छ। मुटुको भल्ब फेर्न शल्यक्रिया गर्ने क्रममा गलत समुहको रगत दिएको कारण मृत्यु भएको परिवारको आरोप छ।

आकृति कुमारी शाहको अस्पतालले सोमबार बिहान ४ बजे मृत्यु भएको घोषणा गरेको थियो। उक्त अस्पतालमा उपचाररत आकृति कुमारीको रगत समूह ‘ओ पोजेटिभ’ रहेको र अस्पतालमा भने ‘ए पोजेटिभ’ रगत दिएपछि ज्यान गएको मृतकका बुबा राम प्रवेश शाहले बताए । आफुलाई रगतको विषयमा कुनै ज्ञान नभएको उनको भनाई छ।

बालिकाको मुटुको भल्ब फेर्नका लागि बैशाख १३ गते अस्पताल भर्ना गरिएको र १७ गते शल्यक्रिया भएको थियो । 

चिकित्स्कको लावार्वाही देखि  प्रहरी प्रशासनले पनि वेवास्ता गरेको उनको आरोप छ। उनले भने, ‘अप्रेशन गरेको २४ घण्टा पछि डाक्टरले विस्तारै उपचार हुँदैछ। ५ जना अप्रेशन गर्दा ५ जना थिए तर डीएसपीले एक जनाको नाम मात्रै लेखाउनु नत्र म बुझ्दिन भनिरहेको थिए।’ 

उनले अस्पतालको लापरवाहिका कारण बालिकाको ज्यान गएकाले छानविन गरि सत्य तथ्य बाहिर नल्याएसम्म लास नबुझ्ने जनाएका छन् । डाक्टरले मृत्यु पश्क्ष्यात मृत्युको कारण नखुलाई हत्तार गरी शबको पोस्टमार्टम गर्न लगेको उनको आरोप छ। 

बिरामीलाई फरक रगत चढाएर मृत्यु भएको कुरा अस्पताल प्रशासनले समेत् स्वीकारेको छ । बालिकाको मृत्यु पछि अस्पताल प्रशासनले तत्काल बैठक राखी उपचारमा संलग्न चिकित्सकका साथै रगत उपलब्ध गराउने ल्याबका कर्मचारी र पिडित पक्ष बसेर छलफल गरी छानविन समिति गठन गरेको अस्पताल प्रशासनले जनाएको छ । ३ दिनभित्र छानविनको रिपोर्ट सार्वजनिक गर्ने सहमति भएको पीडित पक्षले जनाएको छ ।

अस्पताल प्रशासन प्रमुख गलत रगत चढाइएको विषयमा छानबिन टोली गठन गरेको र ‘बास्तवमा घटना हेलचक्र्याईले नै भएको रहेछ भने दोषीमाथि कारवाही गरिने अस्पतालले जानकारी दिएको छ।

फरक समूहको रगत चढाइएपछि उनको क्रियटिनन बढेर ४ दशमलव १ एमजिडिएल पुगेको थियो । शल्यक्रियाअघि क्रियटिनिन शून्य दशमलव ३ एमजिडिएल रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्।

हेर्नुहोस भिडियो :

 

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू