के अञ्जना लामासँग जेठाजु उज्जवल एकतर्फी प्रेममा थिए ? पुण्य गौतमको खुलासा (भिडियो)

सन्दीप खत्री

काठमाडौँ: नेकपाका युवा नेता पुण्य गौतमले अञ्जना लामाको हत्या प्रकरणबारे बोल्दै अञ्जनासँग जेठाजु उज्ज्वल महत एकतर्फी प्रेममा भएको हुनसक्ने खुलासा गरेका छन। पछिल्लो समय समाजमा बढ्दै गएको हत्या, हिँसा, बलात्कार जस्ता अपराधको बारेमा उनले टिकाटिप्पणी गर्दै आइरहेका छन। घटनासँग सम्बन्धित व्यक्ति नभएतापनि नेता गौतमले आफ्नै आँखाले नै देखेगरि शृंखलाबद्ध रुपमा विभिन्न हत्याकाण्डको बिषयमा बोल्दै आएका छन।

उज्जवल महत डिप्रेसनमा रहेको भनेर परिवारले कानुनि सजाय कम गराउन चाल चलेको समेत उनले बताएका छन। समाजमा हुने गरेका यस्ता आपराधिक घटना जरै देखि उखेल्न सम्पूर्ण नेपालीको भूमिका अपरिहार्य रहने बताउदै उनले अपराधीलाई कडा भन्दा कडा कारवाही गर्नुपने बताए।

ललितपुर महानगरपालिका २६ ढोलाहिटी निवासी ३५ वर्षीय उज्ववल महत (जेठाजु)ले बुहारी २५ वर्षीया अञ्जना लामालाई खुकरी प्रहार गरी हत्या गरेका थिए । हत्याका आरोप लागेका उज्वल महतलाई प्रहरीले गत बिहिबार पक्राउ गरिसकेको छ । खुकुरी प्रहार गर्दा अञ्जना लामाको घटनास्थलमै मृत्यु भएको थियो ।

हेर्नुहोस भिडियो:

प्रतिक्रिया

सम्बन्धित समाचारहरू