गुल्मी : गुल्मीमा आफनै आमाद्वारा दुई महिने शिशुको हत्या भएको छ । गुल्मी जिल्लाको दरवार गाउँपालिका–४ की ३६ वर्षिया जमुना बिकले दुई महिना अघि जन्म दिएकी आफ्नै छोरी बिष्णुको हल्या गरेकी हुन् ।
जमुनाको छिमेकीहरुका अनुसार यसअघि नै उनले शिशुको पटक पटक हत्या गर्ने प्रयत्न गर्दै आएकी थिइन् । तर स्थानीयले जोगाउदै आएका थिए । यसपटक भने उनले छोरीको टाउकोमा चिर्पट प्रहार गरी हत्या गरेको खुल्न आएको जिल्ला प्रहरीका कार्यालय गुल्मीले जनाएको छ ।
हाल जमुनालाइ पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको र घटनाबार थप अनुसन्धान गरी कार्वाही अघि बढाइने प्रहरी निरीक्षक रवीन्द्रबहादुर खडकाले जानकारी दिएका छन् । शिशुको शव भने जिल्ला अस्पताल गुल्मीमा पोष्टमार्टम गरिएको छ ।