सेती नदीमा बगेर एक बालिका बेपत्ता

admin

डोटी, ५ जेठ: सेती नदीमा नुहाउने क्रममा आज बगेर एक बालिका बेपत्ता भएकी छिन् । शिखर नगरपालिका–४ घर भई दीपायल सिलगढी नगरपालिका–५ घोल्तडा मामाघर घर आएकी १६ वर्षीया धर्र्माकुमारी महरा नुहाउने क्रममा बगेर बेपत्ता भएकी प्रहरी निरीक्षक कमलापति पन्तले जानकारी दिनुभयो । महराको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले खोजी गरिरहेका छन् ।

पानी धमिलो भएकाले खोजी गर्न समस्या भएको छ । शुक्रबार केआइसिंह गाउँपालिका–५ रानागाउँका ३९ वर्षीय शिक्षक योगबहादुर रावल कालागाढस्थित सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका थिए । उनको अहिलेसम्म पत्तो लागेको छैन । गर्मी अत्यधिक भएपछि सेती नदीमा नुहाउनेको सङ्ख्या बढ्दो छ । रासस

प्रतिक्रिया