नेपालकै पहिलो साहासी महिला डोजर चालक भन्छिन्, ‘इच्छाशक्ति भए कोहि बेरोजगार बस्नुपर्दैन’ (भिडियो)

मनिषा थापा

पिएनपिखबर : पुरुषभन्दा महिला केहि कुरामा कम छैनन् भन्ने भनाई साबित गरेकी छिन् मुना घिमिरे श्रेष्ठले । उनी नेपालकै साहसिक पहिलो महिला डोजर चालक हुन। उनको कार्यले उनीजस्ता धेरै महिलालाई उत्प्रेरणा मिल्ने गर्छ।

उनी गोरखामा जन्मिएकी हुन्। दाजुभाई नभएकी उनले बाल्यकाल देखि नै पुरुष सहर नै काम गर्न रुचाउछिन्। घरको दुई छोरी मध्य जेठी छोरी उनले आर्थिक अबस्था कमजोर भएकै कारण ९ कक्षा पढ्दा-पढ्दै छाडेर काम गर्न थालिन। पढाई छाडेर उनले सानै देखी काम गरिन। उनी १५ वर्षको उमेरमा उनले हेभी इक्वीपमेन्ट कम्पनीको रिसेप्सनमा काम गर्न थालिन। पहिले देखी नै काम गर्ने ठाउँमा ठुला ठुला गाडीहरु देख्ने गरेको र कसरी चल्छ भन्ने आफूमा उक्सुक्ता हुने गरेको बताईन।

उनलाई अफिसका मालिकले नै शुरुमा मेसिन सिक्छौ भनेर प्रश्न गरेका रहेछन । त्यसपछी उनले पनि सिक्न इच्छुक भएको जनाएपछि डोजर चलाउन सिकेकी थिइन । अहिले उनले डोजर चलाएको २० वर्ष वित्तिसक्यो। कुनै बेला डोजर चलाउनेभन्दा महिलाले पनि गर्छन भनेर हेला गर्ने समाज अहिले उनको कामको तारिफ गरेर थाक्दैनन्।

उनी अहिले सरकारी डोजर चालक बनेकी छिन् । उनी सुब्बा जतिकै तलब खान्छिन । आर्थिक अभावको कारण उनले रोकेको कलम पढ्न पर्छ भन्ने महसुस गरेर पुन सुचारु गरिन र १२ सम्मको अध्धयन गरिन। उनले देशमा गर्नको लागि धेरै ठाउँ छ र सबैलाई विदेश नगई आफ्नो देशमा नै काम गर्नुहोस भन्दै आह्वान गरेकी छिन्। उनी भन्छिन, ‘इच्छाशक्ति भए मानिसले जे पनि गर्न सक्छ काम गर्न महिलादिदिबहिनी विदेशिनु पर्दैन। यही छ रोजगार तर आफुमा आट हुनुपर्छ।’

हेर्नुहोस् भिडियो :

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू