एशियन फर्मास्युटिकलमा भीषण आगलागी

admin

रुपन्देही, ६ जेठ : रुपन्देहीको एशियन फर्मास्युटिकल प्रालिमा भीषण आगलागी भएको छ । रुपन्देहीको ओमसतिया गाउँपालिका–१ खुन्सामा रहेको सो औषधि उद्योगमा आज साँझ ५ बजेदेखि आगलागी भएको हो ।

आगो नियन्त्रणका लागि डेढ घण्टापछि मात्रै दमकल पुगेको थियो । तीन घण्टादेखि आगो नियन्त्रणको प्रयास भइरहेपनि पूर्ण रुपमा सफल हुन नसकेको प्रहरीले जनाएको छ ।

आगलागीबाट निकै ठूलो क्षति भइसकेको र थप क्षति हुन नदिन प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख हृ्रदय थापाले बताउनुभयो । औषधि कम्पनी सञ्चालक हुतानन्द खनालका अनुसार उद्योगमा करोडौँको उत्पादित औषधि रहेकाले सबै नष्ट भएको छ । रासस

प्रतिक्रिया