कांग्रेस नेताप्रति कार्यकर्ताको आक्रोशः गुट चलाऊ तर जागरणमा नआऊ

admin

काठमाडौं, जेठ ७ : देशव्यापी जागरण अभियानमा लागेका केन्द्रीय नेताहरुलाई स्थानीय नेताहरुले पहिला आफू गुटबन्दीमा नलाग्ने कुरामा जागृत हुनुहोस्, अनि मात्र हामीलाई जागृत गराउन आउनुस् भनेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

जागरण अभियानबारे प्रतिक्रिया सुनाउँदै नुवाकोट जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले भने– ‘सहभागी कार्यकर्ताहरु हामीलाई हैन पहिला नेतालाई जागृत गराउनुस् ।’ जागरण अभियानबारे अन्य जिल्ला सभापतिहरुको पनि त्यस्तै अनुभव छ । कार्यकर्ताले नेतालाई गुटबन्दीमा लागेका कारण पार्टी प्रमुख प्रतिपक्षमा पुगेको छ, पहिला नेतामा परिवर्तन आवश्यक छ भन्दै आक्रोश पोख्ने गरेका छन् ।

काभ्रेमा सञ्चालित जागरण अभियानमा सहभागी क्षेत्रीय सभापति रमेश हुमागाईंका अनुसार यहाँका आम कार्यकर्ताले आफूहरु जागृत भएको तर नेताहरु नै जागृत नभएको बताए । हुमागाई भन्छन्– ‘कार्यकर्ता एकजुट छन्, नेताहरु भने गुटउपगुटमा विभाजित भएका छन् ।’ नेताहरु पहिले एकजुट भएर आउनुपर्ने कार्यकर्ताको भनाई रहेको उनी बताउँछन् ।

प्रतिक्रिया